पोखरा पुगेर प्रचण्डले भने, ‘हामी कसैको बैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्ने मा केही छलफल हुदैछ ।’

उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउने क्रममा रहेको बताए । भने,‘हामी कसैको बैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् ।’

६,चैत्र.२०७८,आईतवार ०९:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्