
दाङ । सल्यानमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
सनिवार साझ खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्