कांग्रेसको बागमती प्रदेश समितिमा १६ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा १६ जना मनोनित भएका छन् ।

आइतबार बागमती प्रदेश समितिका सभपति ईन्द्रबहादुर बानियाँले सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटकी कल्पना नेपाली, धादिङका तिलक रुवाली र चितवनका कैलाश कोइरालाई प्रदेश समितिमा मनोनित गरेका छन् ।

त्यस्तै काठमाडौंका छिरिङ दोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी, भगवतीकुमारी खड्का, नुवाकोटका अर्जुन न्यौपाने, ललितपुरका रमेशकुमार बखती, राजेश महर्जन र दोलखाका प्रभुराम श्रेष्ठ पनि प्रदेश समितिमा मनोनित भएका बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

हेर्नुस् विज्ञप्ति

६,चैत्र.२०७८,आईतवार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्