ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।

आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? (गठबन्धनमा) खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?’

उनले अघि प्रश्न गरे, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

६,चैत्र.२०७८,आईतवार १५:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्