अख्तियारद्वारा सामुदायिक वनका २ जना सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले दिपक थापा मगरसँग दुई लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं। ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

६,चैत्र.२०७८,आईतवार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्