प्रहरीको हत्यापछि लेटाङ तनावग्रस्त, स्थानीय प्रशासनले जारी गर्यो कर्फ्यू आदेश

काठमाडौं । मोरङको लेटाङमा प्रहरीको हत्या भएपछि बढेको तनावले उग्र रुप लिएको छ । स्थिति तनावग्रस्त हुने संकेत पाएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो ।

उत्तरी मोरङको लेटाङको वडा ५ खेरुवामा रहेको शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्ने क्रममा एक प्रहरीको हत्या भएको हो ।

५६ वर्षका शिक्षक मनोज पौडेलविरुद्धमा दिउँसो १ बजेबाट नाराजुलुस भएको र साँझ पक्राउ गरेर प्रहरीले लैजाने क्रममा भिड अनियन्त्रित हुँदा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको हो ।

७,चैत्र.२०७८,सोमबार ०८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्