
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमण जाँदै छ । हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।
चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा जान लागेको हो । उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ । उनीहरु सीपीसीको निमन्त्रणामा जान लागेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।
पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो । यसअघि एमाले र सीपीसीबीच भ्रमण आदनप्रदानका कार्यक्रमहरु हुने गर्थे । पछिल्लो समय नेपालमा अमेरिकासँगको एमसीसी सम्झौताको विषयलाई लिएर चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको छ । यी सबै घटनाक्रमको सन्दर्भ चलिरहेको बेला एमालेको टोली चीनतर्फ जान लागेको हो ।
प्रतिक्रिया दिनुहोस्