
लमजुङ । लमजुङका मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।
हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएकाे छैन ।’
मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलाे लागेको हो । वनमा एक्कासी डढेलाे लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।
डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलाे नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।
प्रतिक्रिया दिनुहोस्