
अर्घाखाँची । राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ८ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।
नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् ।
विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा दर्ता भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्ट सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।
प्रतिक्रिया दिनुहोस्