काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : माधव नेपाल

4.47K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताएका छन् । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्तागठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए ।

‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ । त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ।’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै वाइबाले भने ।

सत्ता गठबन्धनमा स्थानीय तहको चुनावमा हुने गठबन्धनबारे अझैं निर्णय हुन सकेको छैन् । गठबन्धन आवद्ध दलका स्थानीय तहमा खटिएको टोलीले ‘रिर्पोट’ बुझाएपछि मात्रै तालमेलको ठोस कुरा हुने नेताहरुले बताइरहेका छन् ।

IME
khanepani