बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

वीरगञ्जका मेयरले ओभरटेक गरेपछि एमालेको खादा लाइसकेका राजेशमान जसपामा प्रवेश

4.59K
shares
khanepani bord

जनकपुरधाम । स्थानीय निर्वाचन नजिकिएसँगै मधेसको एकमात्र महानगरपालिका वीरगञ्जमा पार्टी परिवर्तनको होडबाजी चलेको छ ।

वीरगञ्जका मेयर विजय सरावगीसँगै धेरै नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि जसपा कमजोर बनेको टिप्पणीका बीच त्यहाँका लोकप्रिय युवा नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराएको छ । उनी जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव, सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र मधेसका मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरू नेता सिंहलाई पार्टीमा स्वागत गरेका छन् ।

राजेशमान केही साताअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको तयारीमा थिए । उनले बालकोटमा खादा लाएर वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफू एमाले हुन लागेको बताएका थिए । उनको लागि चैत ८ गते पार्टी प्रवेश कार्यक्रम राखिएको थियो । तर, त्यसअघि नै विजय सरावगीले उनलाई ओभरटेक गरेर एमाले प्रवेश गरेपछि राजेशमान जसपामा फर्किएका हुन् ।

नेता सिंह वीरगञ्जका मेयर सरावगीका प्रतिस्पर्धी हुन् । २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपाबाट मेयर उठेका सिंहले १२ हजार मत ल्याएका थिए ।

मेयर सरावगी एमालेमा गएपछि अन्य नेतालाई पार्टीमा तान्न जसपाले कसरत सुरू गरेको थियो । जसपाका संघीय सांसद प्रदीप यादव र मुख्यमन्त्री राउतले नेता सिंहसँग पटक-पटक छलफल गरेर पार्टी प्रवेशको टुंगो लगाएका हुन् । जसपाले सिंहलाई आउँदो चुनावमा वीरगञ्जको मेयरमा उठाउने तयारीका साथ पार्टी प्रवेश गराएको बताइएको छ ।

नेता सिंहले वीरगञ्ज महानगरपालिका-३ का वडाध्यक्ष बैजु स्वर्णकार र वडा ३२ का वडाध्यक्ष रेयाज अहमदलाई पनि आफूसँगै जसपामा ल्याएका छन् । तत्कालीन राजपाबाटै निर्वाचित उनीहरू पनि लोसपामै थिए ।

IME
khanepani