एनआरएनएको चुनाव रोक्न अदालतको आदेश

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएको १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश दिएको छ ।

एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले उक्त मुद्दामा ९ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको बताए । एनआरएनएको चुनाव १० र ११ चैतमा काठमाडौंमा हुँदै थियो । तर अघिल्लो निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका कुल आचार्य समूहले बहिस्कार गरेको थियो ।

७,चैत्र.२०७८,सोमबार १५:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्