पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १४७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ, पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ ।

७,चैत्र.२०७८,सोमबार १६:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्