ठाकुर गैरेको प्रस्ताव : स्थानीय तहमा एमालेले गठबन्धनको ढोका खुला राख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् ।

‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) को क्षति रोक्न आवश्यकताका आधारमा गठबन्धन गर्ने बाटो खुला गर्नुपर्छ’, उनको प्रस्ताव थियो ।

७,चैत्र.२०७८,सोमबार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्