गैरआवासीय नेपाली संघ एनआरएनए को महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । होटल याक एण्ड एतीमा महाधिवेशन सुरु हुन लागेको हो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् ।

अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक शेष घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।

पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन् ।

८,चैत्र.२०७८,मंगलवार १०:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्