विदेश जाँदा अझै पालना गर्नुपर्छ कोरोना प्रोटोकल, कुन देशमा के छ नियम ?

काठमाडौं । नेपाल सरकारले विदेशबाट नेपाल आउने यात्रुको हकमा यात्रा सहजीकरण गर्न अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाएको छ । यात्रुले खोप कार्ड वा त्यो नभए ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिर्पोट बोकेर नेपाल आउन सक्छन् ।

तर, नेपालबाट जाने यात्रुले भने कतिपय मुलुकमा अझै पनि कोभिड-१९ विरुद्धको प्रोटोकल पालना गर्नुपर्छ । नेपाल एयरलाइन्सले आफ्नो उडान भएका र नेपालीले यात्रा गर्ने केही मुलुकमा कस्तो प्रोटोकल कायम छ भनि सूचना सार्वजनिक गरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार भारत, दुबई (यूएईए), बंगलादेश, कतार, साउदी अरेबियासहितका मुलुकमा पूर्ण खोप लगाएको अवस्थामा पीसीआर परीक्षण आवश्यक पर्दैन ।

कतारमा भने दोस्रो डोज लगाएको १४ दिन बुस्टर डोज लगाएको ७ दिन पूरा भएको यात्रुले प्रवेश पाउँछन् । खोप कार्ड ९ महिनाका लागि मान्य हुने कतारको नियम छ । नयाँ कामदारको हकमा भने पूर्ण खोप लगाएको भए पनि १ दिन होटेल क्वारेन्टिन र पीसीआर परीक्षण रिर्पोट भने अनिवार्य रहेको नेपाल एयरलाइन्सले जानकारी गराएको छ ।

कुन मुलुकमा कस्तो प्रावधान छ भन्नेबारे सम्बन्धित वायुसेवा कम्पनीले आफ्ना यात्रुलाई अग्रिम जानकारी गराउनु पर्ने नियम भने सरकारले यसअघि नै तोकेको छ ।

८,चैत्र.२०७८,मंगलवार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्