उद्योग वाणिज्य संघ जुम्लामा लाेकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा देवकोटा

जुम्ला । जुम्ला उद्योग वाणिज्य संघमा लाेकतान्त्रिक प्यालन विजयी भएकाे छ । कांग्रेस निकट लाेकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएकाे थियाे ।

जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकाेटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए ।

प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।

उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए ।

९,चैत्र.२०७८,बुधबार ०९:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्