
काठमाडौं । ललितपुरको सातदोबाटो-चापागाउँ सडकखण्ड स्थानीयले आज पनि बन्द गराएका छन् । स्थानीयको अवरोधका सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
हिजो पनि स्थानीयले आवागमन बन्द गराएका थिए । स्थानीयलाई साथ दिन कलाकार मदनकृष्ण श्रेष्ठ पनि त्यहाँ पुगेका थिए ।
ठेकदारले सडक मर्मत कार्य शुरु गरे पनि पूर्णरुपले मर्मत नसकिएसम्म गाडी चल्न नदिने स्थानीयले बताएका छन् । उनीहरुले चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर सडक बन्द गराएका छन् ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनहरुलाई वैकल्पिक बाटोको रुपमा धापाखेल-सुमेरु अस्पताल-सातदोबाटो हुँदै आउ-जाउ गर्ने व्यवस्था मिलाइएको छ ।
ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।
प्रतिक्रिया दिनुहोस्