सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएकाे छ ।

९,चैत्र.२०७८,बुधबार ११:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्