
सप्तरी । लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेकी नेतृ रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् ।
जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपा प्रवेश गरेकी हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् ।
साे अवसरमा सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरे ।
बुधबार आयाेजित कार्यक्रममा उनिहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र नेत्री रेणु यादवले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्