यसकारण भयो मन्त्री चौधरी र सिडि कुवरवीच शंकर होटलमा हात हालाहाल

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी र मेलम्ची विकास समितिका सिडी पदम कुँवर वीच शंकर होटलमा झण्डै हात हालाहालको अवस्था भएको थियो ।
मेलम्ची विकास समितिका साइड इन्चार्ज कुवर र मन्त्री चौधरीले हिजो पानी दिवसको अवसरमा सोपानले गरेको मदिरा उत्सवमा यस्तो अवस्था र्सिजना भएको समाचार स्रोतको दावी छ । विश्व पानी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम सकिएपछि भिआइपिहरु वीच अनौपचारीक कुराकानी भइरहेको समयमा मदिराले लठ्ठ भएका कुवरले ठुला ठुला कुरा गरि रहेको समयमा मन्त्री चौधरीले कुवरलाई रोक्न खोजेका थिए तर, उल्टो कुवरले मन्त्री चौधरीको हात झटारेको प्रत्यक्ष देख्नेहरुले बताएका हुन ।
मेलम्ची खोलाले गएको वर्षादमा बगाएको सुरुङ मर्मत गरेको भुक्तानीको विषयमा कुवरले स्थानीय सरोकारवाला र ठेकेदारको पक्षमा वकालत बढी गरेपछि मन्त्रीले स्थानीयहरुको विषयमा संबोधन हुर्दै जाने र ठेकेदारको भुक्तानी नरोकिने कुरा गर्दा समेत कुवरले मन्त्रीलाई चुनौतिपूर्व भाषाको प्रयोग गरि मेलम्चीको काम रोकिदिने धम्कीे दिएपछि मदिराको गिलास टेवलमा बर्जार्दै मन्त्रीले पनि अपशक्द बोल्दै खाना समेत नखाई वाहिरीएका थिए ।

मेलम्चीमा रहेको सामाजिक उत्थान कार्यक्रम अन्तरको एउटा गैर सरकारी संस्थाले वार्षिकरुपमा १५ देखि २५ करोड समेत बुझ्दै आएको छ । यस पटक यो संस्थाले १५ करोडको डिमाण्ड गर्दै आएको छ । त्यो संस्थाले वार्षिक प्रतिवेदन पेश नगरेको, नियमित अडिट समेत नगरेको र नविकरण पनि नभएको कारण यो पैसा दिन नसकिने कुरा अर्थ मन्त्रालय र महालेखापरिक्षको कार्यालयले समेत अवरोध खडा गरिरहेको समाचार स्रोतले बताएको छ ।
यस्तो संस्थासँग मिलेर कमिशनको लागि कुवरले लविङ गरिरहेको कारणले मन्त्री कुवर संग चिडिएका छन ।

मन्त्री चौधरी पनि आर्थिक मामिलामा निक्कै कमजोर छन । उनले उनी महातहतको एउटा योजनाबाट भइनसकेकि बुहारीलाई समेत स्कुटी उपलब्ध गराएर सरकारी धनको व्यापक दुरुपयोग गरेका छन । उनले एउटै योजनाबाट ७ बटासम्म गाडि लगेर पदको चरम दुरुपयोग गरेको बुझिन आएको छ । साथै व्यापक रुपमा कर्मचारीहरुसँग पैसाको बार्गिङ समेत गर्दै आएका छन ।

९,चैत्र.२०७८,बुधबार १६:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्