पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २६९ जना निको

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

९,चैत्र.२०७८,बुधबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्