
जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो ।
यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिवार मात्रै चल्ने गरेको थियो । अब नियमित एउटा फ्लाइटले सेवा दिने छ ।
फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको हवाई सेवा अब दैनिक चल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्