विद्युत प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने भएको छ । सो विजुली बिहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा उपलब्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतमा विजुलीको भाउ अत्यधिक महंगिएको र उच्च मूल्यमा नै विजुली खरिद गर्नु बाध्यता भएको बताए ।

१०,चैत्र.२०७८,बिहीबार १३:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्