
चितवन । निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्ने भएका छन् ।
महानगरपालिकाका अनुसार शुक्रबार विहान ११ बजे उनले महानगरको नयाँ बन्ने भवनको शिलान्यास गर्न लागेका हुन् ।
अहिले भएको भवनको पूर्वतर्फको खाली ठाउँमा महानगरले प्रशासनिक भवन बनाउन ठेक्का लगाइसकेको छ ।
सम्झौता भएको मितिले ३० महिनाभित्र सक्ने गरी ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा ठेक्का लगाएको हो ।
६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्किङ हुनेछ ।
भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ ।
भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् ।
प्रतिक्रिया दिनुहोस्