लिखुमा एमालेबाट जितेका अध्यक्षलाई पार्टी प्रवेश गराउने कांग्रेसको तयारी, वडा समितिसँग माग्यो सुझाव

काठमाडौं । रामेछाप कांग्रेसले लिखु तामाकोशी गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका अध्यक्ष गोविन्द खड्कालाई कांग्रेस प्रवेश गराउँदा हुने फाइदा–बेफाइदाबारे वडा समितिसँग सुझाव मागेको छ ।

रामेछापको ८ वटै स्थानीय तहमा चुनाव जित्नका लागि भएको छलफलपछि लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई कांग्रेस प्रवेश गराउनेबारे सुझाव मागिएको कांग्रेसले जनाएको छ ।

पार्टी जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको लेटरहेडमै खड्कालाई कांग्रेस प्रवेश गराउनेबारे सुझाव मागेको पत्र लेखेका छन् ।

११,चैत्र.२०७८,शुक्रबार ०८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्