कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।

बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन् ।

११,चैत्र.२०७८,शुक्रबार ०८:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्