काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारत भ्रमण गर्ने

4.58K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,’ स्रोतले भन्यो ।

भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् ।

देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।

केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो ।

IME
khanepani