सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ साताकाे अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।

११,चैत्र.२०७८,शुक्रबार ११:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्