
काठमाडौं । खानेपानी मन्त्रीका विषयमा खानेपानी क्षेत्रमा ठुलो आर्थिक चलखेल गरेर कर्मचारीहरुलाई हैरान बनाएको समाचार छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्ना सचिवालयमा राखेका कर्मचारीहरुलाई तलव भत्ता समेत खुवाउन सकेका छैनन । उनीकै सचिवालयका कर्मचारीहरुको मन्त्रालयमै डेरा हुने गरेको छ । मन्त्री भएका समयदेखि मन्त्रीका सचिवालयमा बसेर काम गरेका कर्मचारीहरु व्यापक मानसिक तनावमा रहेको बुझिएको छ ।
श्रम स्वसणमा परेका ती कर्मचारीले मन्त्रालयमै खाने र बस्ने गरेको करिव ६ महिना भन्दा बढी भइसकेको छ । उनीहरु अहिले मन्त्रीका कारण विक्षप्त अवस्थामा रहेका छन । कथम कदाचित उनले आत्मा हत्या गरेमा यसको जिम्मेवारी मन्त्रीले लिने कि सचिवले मन्त्रालयका कर्मचारी एक आपसमा चर्चा गर्न थालेका छन ।
मन्त्री चौधरीले आर्थिक आर्जनको स्रोत मन्त्रालय अन्तरगतका विभाग, आयोजनालाई बनाउन थालेका छन । उनले केहि समय अगाडि खानेपानी विभागका महानिर्देशक र खानेपानी आयोजना पिआईडीका आयोजना प्रमुखको सरुवा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न शूरु गरेका थिए । मन्त्री चौधरीले खानेपानी सस्थानमा मोटो रकम लिएर इश्वर प्रसादलाई बढीमा ४ बर्षका लागि खानेपानी संस्थानको महाप्रबन्धकमा नियुक्ती गरेका छन । संस्थानको महाप्रबन्धकमा नियुक्ती हुने संस्थानका कर्मचारीले पदबाट राजिनामा दिएको नाटक गर्दै फर्जी राजिनामा दर्ता गराएको चर्चा पनि खानेपानी संस्थानमा चल्ने गरेको छ । मन्त्री चौधरीले तल्ला तहका कर्मचारीहरुलाई मन्त्रालयमा बोलाए आर्थिक चलखेलका कुरा गर्ने गरेको समाचार स्रोतले दावी गरेको छ ।
केहि समय अगाडि उनका निजि सचिवले समेत मन्त्रीको आर्थिक स्वार्थ पुरा गराउन नसक्ने भन्दै सरुवा मागेर अन्य मन्त्रालयमा गएका थिए । यसले पनि मन्त्री चौधरी कति भ्रष्ट छन भन्ने प्रमाणको पुष्टि गरेको छ ।
मन्त्री चौधरीले विश्व पानी दिवसको दिन सोपानले आयोजना गरेको मदिरा दिवसमा शंकर होटलमा देखाएको नित्यले पनि उनको कार्यक्षमतामा प्रश्न चिन्ह्र उठाएको छ । उनी आफु मातहतको एक जना कर्मचारीसँग बाजाबाज गरेर अपशब्द प्रयोग गर्दै हिडेको घटना पनि निक्कै रोचक छ ।
त्यसै गरि सामान्य सूरक्षाको समेत ध्यान नदिइ मन्त्री चौधरी नेपाल प्रहरीले उपलब्ध गराएको पिएसो समेत नलिइकन एउटा आन्तरीक भ्रमण गरेका छन । उनले पिएसोको सट्टामा एक जना नेपाली मुलका अमेरीकन नागरिकलाई लिएर भ्रमण गरेको विषयले बालुवाटारमा समेत चर्चा परिचर्चा चलेको छ ।
प्रतिक्रिया दिनुहोस्