
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।
कार्यभार सम्हाल्न भारत जानुअघि उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।
सरकारले ११ कात्तिकमै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यसँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेर पछि डा. शर्माको एग्रिमो आएको थिए । हालै एग्रिमो आएपछि राष्ट्रपतिले डा. शर्मालाई राजदूतमा नियुत्तल गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्