ललितपुरको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपालको परिचय फाराकिलो बनाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकामा भएको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने बताएका छन् ।

शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै नेपालीको परिचय फराकिलो बनाउने बताएका हुन् ।

उनलेस्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेकोसमेत बताए । विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको दाबीसमेत गरे ।

२०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यावसायी र दाताहरूको आर्थिक सहयोगमा भएको हो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।

फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।

१२,चैत्र.२०७८,शनिबार १२:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्