दीपेन्द्रको शतकले पनि टार्न सकेन पपुवा न्युगिनीविरुद्धको हार

काठमाडौं । नेपाललाई तीन विकेटले पराजित गर्दै पपुवा न्यूगिनि (पीएनजी) ले एकदिवशीय सिरिज क्लिन स्वीप गरेको छ ।

घरेलु मैदानमा भएका दुबै खेलमा नेपाल पराजित भयो । पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको पीएनजीले दोस्रो खेलमा तीन विकेटको जित निकाले को हो ।

नेपालका लागि मध्य क्रमका ब्याटर दिपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेपनि वलिङमा राम्रो प्रदर्शन नहुँदा नेपाल पराजित हुन पुग्यो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर २ सय ८३ रन बनाउँदै पूरा पर्यो ।

१२,चैत्र.२०७८,शनिबार १७:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्