
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण उनकै निवास खुमलटार पुगेका थिए ।
भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
आगामी बैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा नेताहरुबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्