प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नेछन् ।

प्रदेश सभाको हिउँदे तथा नवौं अधिवेशनको १२ औं बैठक आजै बस्दै छ । आजको बैठक भने बस्ने मन्त्री घिमिरेले जानकारी दिए । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्ने विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

१३,चैत्र.२०७८,आईतवार १३:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्