खानेपानी मन्त्री चौधरीको केयूकेएलमा ठाडो हस्तक्षेप, भर्ना र सरुवाको लिष्ट बोकेर गएका उपसचिव लम्साल रित्तो हात

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा खानेपानी मन्त्री उमाकान्त चौथरीको ठाडो हस्तक्षेप भएको भन्दै कर्मचारी यूनियनहरुले कडा प्रतिवाद गरेका छन ।

आज विहान ९ बजे मन्त्रीको तर्फबाट मन्त्रीका कार्यकर्ता भर्ना गर्नुपर्ने भन्दै मन्त्रीका निजी सचिव शशि लम्साल, मन्त्रीका स्वकिय सचिव कृष्ण चौधरी लगायत केहि तरुण दलका कार्यकर्ता सहित केयूकेएलको मुख्य कार्यालयमा सिइओ मिलनकुमार शाक्यलाई दवाद दिन पुगेका थिए ।

स्थानियतहको निर्वाचनको आचारसंहिता लाग्नु हुन अगाडि मन्त्रीले करिव ९२ जना आफ्ना कार्यकर्ता भर्ना गर्ने सपना कर्मचारी युनियनहरुको अवरोधका कारण तुहिएको छ । कर्मचारीहरुको भर्ना, केयूकेएलका शाखा प्रमुखहरुको सरुवा, अन्य मालदार ठाउँमा रहेको खरिद, स्टोर र लेखाका कर्मचारीहरुको सरुवाको फर्मान लिएर गएका मन्त्रीका निजी सचिव लम्साल रितो हात मन्त्रालयमा फर्केका छन ।

एमाले र माओवादीको संयुक्त कर्मचारी संगठन, स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेस रामचन्द्र निकटको नेपाली कांग्रेस समर्थक कर्मचारी युनियनका नेताहरुले मन्त्रालयको प्रस्ताव कुनै हालतमा निर्यण गर्न नहुने भन्दै कडा प्रतिवाद गरेका छन ।

कर्मचारी युनियनहरुका नेताहरु नवलसिह साउद, गोपालसिंह धामी, सन्तकुमार बोहोरा, ढिलकुमार तन्डुकार, नन्दु तन्दुकार लगायतका नेताहरुले मन्त्रीका सचिवहरुलाई निलो कालो बनाउदै केयूकेएलबाट मन्त्रालय पठाएका छन ।

सिइओ मिलनकुमार शाक्यलाई मन्त्रीको दवाव कुनै पनि हालतमा नमान्न चेतवानी समेत दिएका छन । कर्मचारी युनियनका नेताहरु, संचालक समिति समेत बसेर एउटा सहमति गर्नु पर्ने हैन भने मन्त्रालयको दवाव केयूकेएल मान्न बाध्य नहुने युनियनका नेताहरुको तर्क छ ।

केयूकेएल कर्मचारी युनियनका उपाध्यक्ष ओम ढकाल बुबाको शोकमा काज किरीया बसेको मौका छोपेर मन्त्रीले केयूकेएलमा आफ्ना कार्यकर्तालाई जागिर खुवाउने सपना देखेका थिए । ढकाल कडा स्वाभावका भएका कारण उनले यो मौका छोपेको हुन सक्ने तर्क साउदले बैठकमा गरेका थिए ।

नवलसिह साउदले सिइओलाई चेतवानी दिदै भने, यदि मन्त्रीको दवावमा कुनै निर्णय भएमा निर्यण पुस्तिका च्यातिनुका साथै कि सिइओ रहदैन कि हामि रहदै नौ ।
गोपालसिंह धामीले भने, मन्त्रालयको २५ प्रतिशत सेयर हो । २५ प्रतिशत सेयर हुने संस्थाले दिएको दवाव केयूकेएललाई मान्य छैन । सो अवसरमा केयूकेएलका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

१३,चैत्र.२०७८,आईतवार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्