प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को बैठकले गरेका सिफारिस अनुसार आज मध्यरातिबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

१३,चैत्र.२०७८,आईतवार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्