जनजाति महासंघमा प्रतिनिधित्व नगराएको भन्दै थारू कल्याणकारिणीको आपत्ति
वि.सं.२०७८ चैत १३ आइतवार १७:२६
shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघमा आफहरुको उचित प्रतिनिधित्व नभएको भन्दै थारू कल्याणकारिणी सभाले आपत्ति जनाएको छ।
सभाले आइतबार पत्रकार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर ९ र १० गते नवलपुरको कावासोतीमासम्पन्न १० औं महाधिवेशनबाट महासंघमा समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरिएको आरोप लगाएको छ।
‘तराईका मूल भूमिपुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अवमूल्यनसमेत गरी सम्पन्न गराइएको १०औं महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्त्सना र विरोध गर्दछौं,’ पत्रकार सम्मेलनपछि सभाले विज्ञप्ति जारी गर्दै भनेका छ।
कार्यक्रममा थारु युवा सभाका अध्यक्ष कनुनलाल चौधरीले आदिवासी जनजातिमहासंघको नीति, कार्यक्रम र योजनाबनाउने सवालमा थारु समुदायलाई पछाडि पार्ने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरे ।
त्यस्तै थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुद्धसेन चौधरीले आदिवासी, जनजातिहरुको अधिकारको लागि आफूहरुले निरन्तर आन्दोलन गर्दै आएको भए पनि अहिले आएर महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए ।
थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले थारुलाई विभेद गर्न खोजिएको भन्दै असन्तुष्टि जनाइन्।

























