
काठमाडौं । रामेछाप जिल्ला साँघुटार हिमगंगा मावि एस.एल.सी. २०५३ समूहको आयोजनमा शनिबार थानकोट त्रिभुवन पार्कमा पूर्वविद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम, क्यालेण्डर विमोचन, शुभकामना आदान प्रदान (नव वर्ष २०७९) तथा वनभोज कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
सो अवसरमा विद्यालयका हेडमास्टर अनिरुद्ध सुवेदी, वडाध्यक्ष भुपाल श्रेष्ठ, प्रकाश कुमार राई, उज्जनकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, श्याम घिमिरे कैलाश ताम्रराकार, सुजन कर्मचार्य र दिपक श्रेष्ठ लगायत पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यो समुहको यस पटकको बनभोज कार्याक्रम तेस्रो रहेको छ । यस समुहले समय समयमा सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । साँघुटारमा आलगाली पिडितलाई आर्थिक सहयोग, विद्यालयका बार्षिक उत्सवहरुमा आयोजना हुने खेलकुद लगाएतका कार्याक्रमहरुमा खेलकुद सामाग्रिहरु वितरण समेत गर्दै आएको छ । उक्त समुहको सक्रिय सहभागितामा विद्यालय परिसरभित्र निर्माण भएको सरस्वतीको मन्दिर निर्माण भएको छ ।
यो समहुले गत वर्षमा आयोजना गरेको बनभोज कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शिक्षीकाहरुलाई सम्मान समेत गरेको थियो ।
सो अवसरका क्यालेण्डरको विमोचन प्रमुख अतिथि अनिरुद्ध सुवेदिले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष मनोजकुमार बज्रचार्यले गरेका थिए भने कार्यक्रमको संचालन राजन सुवेदी र दिपक बुढाथोकीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्