गठबन्धन हैन, पार्टी एकतामा ध्यान दिउँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाए ।

कोइरालाले भने, ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने ? गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ ।’

उनले गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कोइरालाले थपे, ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिँ एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’

१४,चैत्र.२०७८,सोमबार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्