‘माओवादी र समाजवादीलाई भोट दिएर भने पनि एमालेलाई साइजमा राख्नुपर्छ, ओलीलाई बलियो बन्न दिनु हुन्न’

काठमाडौं । नेपाली कांग्रेसमा चुनावी गठबन्धनको पक्षमा प्रमुख नेताहरू प्रखर रूपमा खुलेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा सभापति शेरबहादुर देउवालाई उनको समूहभन्दा इतरका नेताहरूको समेत बलियो समर्थन देखिएको छ ।

सोमबारको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई बलियो बन्न नदिन पनि कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादीलाई मत दिनुपर्ने बताए ।

उनले अहिलेका लडाइँ एमालेविरुद्ध भएकाले गठबन्धन जरुरी रहेको जिकिर गरेका छन् ।

बैठकमा पौडेलले भने, ‘केपी ओलीलाई कुनै हालतमा बलियो बन्न दिनु हुँदैन । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । यो लडाइँ एमालेविरुद्ध हो । त्यसैले गठबन्धन जरुरी छ ।’

१४,चैत्र.२०७८,सोमबार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्