
भोजपुर । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अगुवाइमा षडानन्द नगरपालिका- २ का आगलागी पीडित सन्तरात आचार्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
चैत ४ गते आगलागीबाट आचार्यको घरमा क्षति पुगेको थियो ।
पीडित परिवारलाई मञ्चको तर्फबाट २० हजार, भोजपुर-कतार सेवा समाजबाट ११ हजार भोजपुर-कतार सेवा समाजबाट ११ हजार ५००, रोशन बस्नेतबाट ५ हजार र वार्ड कमिटीबाट ६ हजार ६ सय ३० रूपैयाँ गरी ४३ हजार १ सय २० रूपैयाँ हस्तान्तरण गरिएको भोजपुर-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्