झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।

१५,चैत्र.२०७८,मंगलवार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्