रुपन्देहीमा १ सय ३४ फिटको भ्यूटावर, ओलीले गरे उद्घाटन

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । १० तले टावर एक सय ३४ फिट उचाइको छ ।

१५,चैत्र.२०७८,मंगलवार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्