काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सामाखुसीबाट पक्राउ

5.38K
shares
khanepani bord

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

स्याङ्जाको आँधसखोला गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरूङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

सामाखुसीमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

IME
khanepani