रुसलाई युद्ध रोक्न माग गर्दै शान्ति समाजको प्रदर्शन

बुटवल । युक्रेनमाथिको आक्रमण र युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलसहित देशभर प्रदर्शन गरेको छ ।

बुटवलको राजमार्ग चौराहामा भएको प्रदर्शनका सहभागीहरुले ‘युक्रेनमाथि आक्रमण बन्द गर’,‘रुसी सैनिक तत्काल फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि आक्रमणले बालबालिका र महिलासहित हजारौं निहत्था मानिसको हत्या गरेर मानवता विरुद्धको अपराध भएको बताए ।

रुसी आक्रमणका कारण लाखौं नागरिक शरणार्थी भएका, खर्बौंको क्षति भएको, अस्पताल र शैक्षिक प्रतिष्ठानहरु तहसनहस भएकाले युद्धलाई अन्त्य गरेर शान्ति कायम गर्न खनालले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराए ।

१५,चैत्र.२०७८,मंगलवार १५:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्