एमाले सांसदले हाजिर गरे, संसदीय सुनुवाइमा बसेनन्

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठको संसदीय सुनुवाइमा एमाले अनुपस्थित भएको छ । बैठकमै नगएका होइनन्, गएर हाजिर गरेर निस्केका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा हाल ११ जना मात्रै छन् । ११ जनामध्ये मंगलबारको सनुवाइ समितिमा ८ जना उपस्थित भएको हाजिरी छ । तर, सुनुवाइका क्रममा भने सभापतिबाहेक ५ जना मात्रै थिए । सभापति लक्ष्मणलाल कर्ण, देव गुरुङ, पुष्पा भुसाल, भीमसेनदास प्रधान, जितेन्द्र नारायण देव र अमृता थापा मात्रै थिए ।

११ जना मध्ये ८ जना उपस्थित भएको भनेर सुनुवाइ न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गर्‍यो ।

बैठकपछि सभापति कर्णलाई प्रमुख विपक्षी देखिएनन् नि ? भनेर प्रश्न गर्दा उनले एमाले सांसद सुरेन्द्र पाण्डे आएको र हाजिर गरेर गएको बताए ।

सुनुवाइ समितिमा एमालेका सांसद पाण्डे र निरुदेवी पाल छन् । पाल काठमाडौं बाहिर रहेको सूचना पाएको भएको समिति सचिवालयले जनाएको छ ।

१५,चैत्र.२०७८,मंगलवार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्