तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाडौं। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

१५,चैत्र.२०७८,मंगलवार १८:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्