काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ पनि संवैधानिक इजलासमा

5.79K
shares
khanepani bord

काठमाडौं । दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउनेगरी गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ ।

अध्यादेशका आधारमा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएकै ८ महिना पुगेको छ । तर, बल्ल अध्यादेशविरुद्धको रिटको सुनुुवाइ कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आज हुँदैछ ।

रिट निवेदक अधिवक्ताहरू अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, प्रवेश केसी, श्रीकान्त बराल र दलबहादुर धामी हुन् ।

उनीहरूले रिटमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् ।

IME
khanepani