सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् ।

न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।

यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

१६,चैत्र.२०७८,बुधबार १२:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्